संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन
कास्की | जेठ १८, २०७९
पोखरा: वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।
हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे ।
गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ (युके) को पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो ।
गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो ।
स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे ।
उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो संग्रहालय नै गुमाएको उल्लेख गरे ।
उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल...
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो। मृत्य...

